काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक दुई कम्पनी मर्जरमा जाने भएका छन् । नेपाल राष्ट्र बैंकले खल्ती र आइएमई पे लाई मर्जरमा जान स्वीकृति दिएको छ ।
राष्ट्र बैंकको अनुमति पाएसँगै यी दुई कम्पनीले एकीकृत रूपमा सेवा दिने भएका छन् ।
यो मर्जर भुक्तानी सेवा प्रदायक क्षेत्रमा ऐतिहासिक भएको बताइएको छ । आगामी दिनमा यो कम्पनीले उपभोक्तालाई प्रभावकारी सेवा दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्