काठमाडौं । चीनको इलेक्ट्रिक गाडी निर्माता कम्पनी एक्सपेङ जीको नयाँ इलेक्ट्रिक एसयुभि जी–७ ले विश्व बजारमा नयाँ कीर्तिमान कायम गरेको छ ।
२०२५ जुन ११ मा चीनमा सार्वजनिक भएको यो गाडीले ४६ मिनेटमा १० हजारभन्दा बढी प्रि–अर्डर प्राप्त गर्दै ईभी क्षेत्रमै तहल्का मच्चाएको कम्पनीले जनाएको छ । यधपी जी–७ ले अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुलिरहेको बेला सिजि मोटर्सले एक्सपेङको एआई मोबिलिटिको भिजन नेपालमा जी–६ को माध्यमबाट पहिले नै धित्र्याई सहेको छ ।
यसले उपभोक्तामा एक्सपेशङको प्रविधिमा आधारित विश्वास र आकर्षण स्पष्ट रूपमा देखाएको छ । जी–७ एक्सपेङद्वारा विकास गरिएको अत्याधुनिक ‘ट्रोईङ एआई चिप’ ‘हुवाय’सँगको सहकार्यमा निर्मित ८७ इन्चको एआर हुड डिस्प्ले, उच्चस्तरीय स्वचालित ड्राइभिङ सिस्टम, र फाइभसी अल्ट्रा–फास्ट चार्जिङ सुविधा उपलब्ध छन् ।
यस गाडीमा भएको सात सय किलोमिटर अधिकतम रेञ्जले जी–७ लाई इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको छ। जी–६ मा मा ओटा अपडेट, एक्स्ओएस अपरेटिङ सिस्टम, ८ सय भि चार्जिङ, एसइपिए २ं० आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन् ।
नेपाली सडकमा इभि को अनुभवलाई अझ स्मार्ट र इन्टेलिजेन्ट बनाउँछ। स्मार्ट, सुरक्षित र प्रविधिमैत्री इलेक्ट्रिक ड्राइभिङ अनुभवका लागि एक्सपेङको विश्वव्यापी प्रगति र ‘एआई मोबिलिटि ’ को भविष्य नेतृत्व गर्ने प्रतिबद्धता अब नेपालमा साकार हुँदैछ ।






प्रतिक्रिया दिनुहोस्