काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लाभांश घोषणा गरेको हो । जसमा बोनस सेयर १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी आर्थिक वर्षको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्