काठमाडौं । सिटिजन्स क्यापिटलले सिटिजन्स सदाबहार योजना निष्काशन गर्ने भएको छ ।
क्यापिटलले निष्कासन गर्ने सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको योजनामा प्रतिइकाई १० रुपैयाँका दरले ५ करोड इकाई निष्कासन गर्न लागेको हो ।
जसमा ७ करोड ५० लाख रुपैयाँको ७५ लाख इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंकलाई छुट्याएको छ । बाँकी रहेको ४ करोड २५ लाख इकाई प्रथम चरणमा निष्काशन गर्ने जनाएको छ । यो खुलामुखी प्रकृतिको योजना हो ।
असार १३ गतेदेखि निष्कासन हुने इकाईमा असार १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको ण्डमा असार २७ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आश्वा स्वीकृति प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्