काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्