काठमाडौं । बाढीपहिरो गएको ९ महिना बितिसक्दा पनि निर्जीबन बीमा कम्पनीले गर्ने दाबी भुक्तानी निकै सुस्त भएको छ ।
गत असोज १० गते आएको बाढीपहिरोपछि बिमितले गरेको माग दाबी अनुसार बीमा कम्पनीले भुक्तानी गरेका छैनन् ।
प्राधिकरणको तथ्यांकअनुसार १८ वटा कम्पनीमा ३ हजार ७१२ वटा दाबी परेको छ । जसको दाबी रकम १२ अर्ब २७ करोड ५७ लाख ५ हजार रुपैयाँ रहेको छ ।
प्राधिकरणका अनुसार ३ हजार ६५ वटा दाबीको ४ अर्ब ८७ करोड ४२ लाख ५२ हजार रुपैयाँ भुक्तानी भएको भएको छ । अझै बाँकी ७ अर्ब ४० करोड १४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्