Skip to content
Prabhu

तीनकुने हुलदंगा: सवा ४ करोड मागदाबी, बीमा कम्पनीले गरे साढे १ करोड भुक्तानी

काठमाडौं । गत चैत १५ गते राजधानीको तीनकुनेमा  भएको राजावादीहरुले गरेको प्रदर्शनमा  ४ करोड २१ लाख रुपैयाँ क्षति भएको भन्दै दाबी परेको छ । जसमा १२ निर्जीवन बीमा कम्पनीले १ करोड ५८ लाख ४५ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको बीमा प्राधिकरणले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले २ करोड ५५ लाख रुपैयाँ  भुक्तानी गर्न बाँकी रहेको छ । हुलदंगाका कारण क्षति भएको भन्दै  १२ वटा बीमा कम्पनीमा ५० वटा दाबी परेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

बीमा कम्पनीहरुले २० वटा दाबीको २ करोड ५५ लाख ८२ हजार रुपैयाँ भुक्तानी दिन बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्