काठमाडौं । देशका १९ जिल्लाका किसानहरूले उत्पादन गरेका आलु फ्रेन्च फ्राई बनाएर बिक्री वितरण गरिएको फस्ट च्वाइस फुड्सका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
नेपाली किसानहरूले उत्पादन गरेका आलुको फ्रेन्च फ्राई फस्ट च्वाइस फुड प्रालि (एफसीएफ)ले स्वदेश तथा विदेशमा बिक्री वितरण गरिरहेको उनको भनाइ छ । कम्पनीमा २ अर्ब लगानी रहेको छ ।
उनले अन्य देशमा पनि निर्यात गर्ने तयारी गरेको बताए । यो वर्ष देशभरका किसानबाट २ हजार मेट्रिक टन आलु खरिद गरेर फ्रेन्च फ्राई बनाएको उनको भनाइ छ ।
फ्रेन्च फ्राई निर्यात गर्दा कानुनी समस्या रहेको र भन्सारमा विभिन्न समस्या हुने गरेको उनको भनाइ छ ।
एफसीएफले सगिता, इनोभेसन र क्विनटिरा प्रजातिका आलुलाई फ्रेन्चफ्राइ बनाइएको छ । यसमा सुगरको मात्रा कम रहेको बताइएको छ ।






प्रतिक्रिया दिनुहोस्