Skip to content

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारणसभाले गर्याे १५ प्रतिशत लाभांश पारित

nabil bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश ३७औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८०/८१ वितरणयोग्य नाफाबाट प्रस्ताव गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर कर प्रयोजनसहित प्रस्तावित ५ प्रतिशत नगद लाभांश पारित भएको हो ।

साे वार्षिक साधारणसभामा अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताइन् । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको व्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कुल बिमा शुल्क २१.९० प्रतिशतले बृद्धि भई २० अर्ब ४९ करोड पुगेको छ ।

सञ्चालनबाट १३ अर्ब ६८ करोड खुद थप रकम कूल बिमा करार दायित्वमा सारिएको छ । कुल बिमा करार दायित्व गत वर्षको तुलनामा २१.७० प्रतिशतले वृद्धि भई ७९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । कम्पनीले दाबी भुक्तानीमा ८ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी गरेको छ । कुल लगानी १७.३५ प्रतिशतले वृद्धि भई ७० अर्ब १५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ । आर्थिक वर्ष २०८०/८१ मा सो दर ९.१७ प्रतिशत कायम रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime