काठमाडौं । नेपालमा एक महिनामा साढे आठ अर्ब बढीको विद्युतीय गाडी (ईभी) आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा ३३ अर्ब ११ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको ईभी आयात भएको छ । वैशाख मसान्तसम्म यस्तो आयात २४ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँ बरारबरको भएको थियो ।
एक महिनाको अवधिमा ईभीको आयात ८ अर्ब ५६ करोड ३१ लाख ६७ हजार रुपैयाँ बराबरले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ । बजेट अगाडि ईभीमा कर बढ्ने हल्लाले ईभी आयात धेरै भएको देखिन्छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत इभीको कर बढाउने निकै चर्चा थियो । सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको थियो ।
आयोगले ईभीमा कर बढाउन सुझाव दिएको थियो । त्यसको आधारमा सरकारले कर बढाउने डरले व्यपारीले धेरै इभी मगाएका थिए । तर, सरकारले इभीमा कर भने बढाएन ।
सरकारले जेठ मसान्तसम्म इभी आयताबाट २० अर्ब १० करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । जेठ मसान्तसम्म २८ हजार ७७४ वटा गाडि भित्र्याएका छन् । जेठ महिनासम्म २३ हजार ९३३ वटामात्र गाडि भित्रिएको थियो । यसैगरी, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा धेरै इभी आयात तीनबाट भित्रिएको छ ।
यस अवधीमा चीनबाट २६ अर्ब ६ करोड २२ लाख ४७ हजार रुपैयाँ बराबरको इभी आयात भएको छ । उक्त आयातबाट राज्यले १६ अर्ब १९ करोड ५४ लाख ७४ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । चाइनाबाट २४ हजार ४९ गाडि भित्रिएको छ ।
जेठ मसान्तसम्म भारतबाट ६ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ बराबरको ईभी भित्रिएको छ । यसबाट राज्यले ३ अर्ब ४१ करोड ५७ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भारतबाट ४ हजार ६१५ वटा ईभी भित्रिएका छन् ।
जर्मनबाट ११ महिनामा ३२ करोड रुपैयाँ बराबरको इभी भित्रिएको छ । रियाबाट ६८ करोड ४१ लाख रुपैयाँ बराबरको इभीको गाडि आयात भएको छ । मलेसियाबाट १२ करोड ५४ लाख दुबैबाट २ करोड ५५ लाख रुपैयाँ बराबरको गाडी आयात भएको छ ।







प्रतिक्रिया दिनुहोस्