Skip to content

१६ खर्बको आयात हुँदा २ खर्बको मात्र निर्यात, वैदेशिक व्यापार घाटा करिब १४ खर्ब

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको वस्तु नेपाल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यसैगरी, चालु आवको ११ महिनामा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएको हो । वैदेशिक व्यापारमा चालु आर्थिक वर्षको ११ महिनामा आयात १३.१५ प्रतिशत र निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको भएको थियो ।

विभागको आयात निर्यातको तथ्यांक हेर्दा समीक्षा अवधिमा नेपालले खुद १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ घाटा व्यहोरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime