Skip to content

३४ लाख लागतमा खानेपानी आयोजना सम्पन्न, स्थानीय खुसी

nabil bank

मोरङ । मोरङ लेटाङ नगरपालिका–७ समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ । समलामा खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयको दैनिकी सहज बनेको छ ।

पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्दै आएको समला क्षेत्रमा खानेपानी अभाव हुँदा स्थानीयवासीलाई समस्यामा थिए । यसअघि सञ्चालनमा आएको लुमाई खानेपानीले माग धान्न नसकेपछि स्थानीयवासी सुक्खायाममा कुवा र खोल्सामा धाउन बाध्य भएको स्थानीय राजविक्रम राई बताए।

लेटाङ नगरपालिकामार्फत ३४ लाख रुपैयाँको लागतमा समला डाँडामा खानेपानीको ट्याङ्की निर्माण गर्नाका साथै खानेपानीको मुहान कालीखोलादेखि ट्याङ्कीसम्म करिब ६ किलोमिटर क्षेत्रमा पाइपलाइन जडान गरिएको थियो ।

पाइपलाइन जडान गरे पनि ट्याङ्कीबाट गाउँटोलसम्म धारा वितरण हुन सकेको थिएन । यद्यपि चालु आर्थिक वर्षमा लेटाङ नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेपछि स्थानीयको समेत लागत सहभागितामा टोलटोलसम्म पाइप लाइन विस्तार गरिएको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिए ।

समला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमकुमार राईका अनुसार खानेपानीको ट्याङ्कीबाट करिब तीन हजार मिटर पाइपलाइन विस्तार गरी विभिन्न टोलमा १३ वटा धारा पुर्याइएको छ । समला क्षेत्रका पँधेरे, गरगरे, तीनपाटा, भीरगाउँ, कार्तिके, गहिरी टोल, डाँडाटोल र लाम्टेका गरी ५७ घरधुरीलाई पुग्ने गरी धारा वितरण गरिएको हो ।

पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको समलामा रहेको खानेपानीको निकै ठूलो समस्या समाधान भएपछि अब पर्यटन विकासले पनि गति लिने उनको अपेक्षा छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime