Skip to content

६० किलो सुन तस्करी प्रकरण: अमला रोका पक्राउ

nabil bank

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक जनालाई पक्राए गरेको छ ।

२०८० साउन २ गते बरामद भएको ६० किलो अवैध सुन अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा संगठित अपराध मुद्धामा फरार रहेकी अमला रोकालाई ब्यूरोले आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी युवराज खड्का अनुसार रोकालाई काठमाडौं जिल्ला टोखा नगपालिका ३ सुर्यदर्शन टोलबाट पक्राउ गरिएको हो ।

रोल्पा थवाङ गाउँपालिका २ की ४४ बर्षकी रोकालाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा बुझाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime