Skip to content

एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

nabil bank

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ः०.४२ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ सय रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।

असार २५ गतेदेखि निष्कासन हुने हकप्रद सेयरमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै एसियन लाइफ इन्स्योरेन्सको शाखाबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ छ । हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime