Skip to content

चङ्खेलीको मासिधारामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

nabil bank

सिमकोट । चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट वञ्चित भएका छन् ।

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको टावर बिग्रेका कारण यही असार १ गतेदेखि सञ्चार सेवा अवरुद्ध भएको स्थानीय हिराबहादुर शाहीले बताउनुभयो । टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, मासिधारा, दार्मा, पुमालगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ । फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने स्थानीयवासी कुसुम बुढाले बताए । उनले भने, ‘एक महिनादेखि टेलिफोनले काम गरिरहेको छैन, जिल्लाबाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi