काठमाडौं । पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
विभिन्न १४ व्यक्ति तथा दुई कम्पनीले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
शवदाह गृहको मेसिन खरिद तथा जडान गर्दा भ्रष्टाचार भएको भन्दै दायर गरेको रिटमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १४ जना रहेका छन् ।
पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । थापासहित १४ व्यक्ति तथा दुई कम्पनी विरुद्ध मुद्दा दायर भएको हो ।






प्रतिक्रिया दिनुहोस्