काठमाडौं । एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले असार ३० गते, सोमबार, होटल इच्छा, सिमरा, बारामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा दिउँसो १ बजे शुरु हुनेछ।
यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको ५.१० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीहरुको तफृबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्याेरेन्स साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






प्रतिक्रिया दिनुहोस्