काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले बजेटमा आएको टेक एन्ड पे नीतिले धेरैले आत्महत्याको बाटो रोज्ने स्थिति आउने बताएका छन् ।
बजेटमा टेक एन्ड पे पीपीपीको व्यवस्था र जलविद्युतमा पार्ने प्रभाव विषयम अन्तक्रिर्या कार्यक्रममा उनले उक्त कुरा बताए । कार्यक्रममा उनले सरकारले बजेटमा गरेको नितिले ३५० आयोजनाको १७ हजार ११७ मेटावाट आयोजनामा गरेको ६६ अर्ब बढी खेर जाने बताए । यस गर्दा प्रबर्धकलाई ठूलो असर पर्ने बताए ।
सरकारले आफ्नो नीति फिर्ता नलिने हो भने सरकारलाई चाबी हस्तान्तरण गर्नुको बिकल्प नरहेको बताए । उनले ६५ लाख नेपालीले लगानी गरेको क्षेत्रलाई एकै पटक रोक्ने प्रयास भएको छ । सरकारले निकुन्जमा पनि अवरोध गरेको बताए ।
स्थानीयलाई १० प्रतिशत सेयर बाध्यकारी बनाइएको छ । ऊर्जा मार्गचित्र एकातिर सरकारको बजेट अर्कोतिर रहेको उनको भनाइ छ । उक्त मार्गचित्रको संयोजक अर्थमन्त्री रहेको कार्कीको भनाइ छ । सरकारको नीति विकास बिरोधी भएको उनको भनाइ छ ।
अर्थमन्त्रीलाई चार पटक भेटेको, ऊर्जामन्त्री भेट्यौं, प्रधानमन्त्रीलाई पनि जानकारी गराएको उनले बताए । सेबोन, वन, प्राधिकरण, भूमिमा फाइल रोकिएको छ ।






प्रतिक्रिया दिनुहोस्