काठमाडौं । वर्षातका कारण देशका विभिन्न ३ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने ६ वटा राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
प्रहरी अनुसार नवलपरासी बिनयी त्रिबेणी गाँउपालीका–१ स्थित महेन्द्र राजमार्ग पुर्ण रूपमा अवरोध भएको छ ।
यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालीका–१ छलघाट स्थित भेरीकरिडोर पुर्ण रूपमा अवरोध भएको छ ।
यस्तै जाजरकोटको जाजरकोट छेडागाँउ नगरपालीका–१ चखिला स्थित चंखिला सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
प्रहरीका अनुसार एकतर्फी रूपमा धनकुटा साँगुरिगढी गाँउपालीका–५ रविराके भेडेटार सडक, नवलपरासी बुलिनटार नगरपालीका–१ बतासे डाँडा स्थित कालिगण्डकी करिडोर, म्याग्दीको अन्नपूर्ण गाँउपालीका–३ रूप्से स्थित बनी–जोमसोम सडक खण्ड, कास्कीको अन्नपूर्ण गाँउपालीका–५ स्थित ढावा पोखरा बाग्लुङ सडक, गुल्मीको कालिगण्डकी गाउँपालीका–६ बर्लबा स्थित कालिगण्डकी करिडोर जुम्लाको सिंजा गाँउपालीका–२ चुलेलगाँउ स्थित जुम्ला मुगु सडक खण्ड सञ्चाल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्