बुटवल । बुटवलको योगिकुटी सब स्टेसनमा भीषण आगलागी भएको छ । आज साँझ उक्त सब स्टेसनमा आगलागी भएको हो ।
आगलागी भएको स्थानमा दमकल भने केही ढिला पुगेर आगो निभाउन थालेको छ । अझै पनि आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट के कति क्षति भयो त्यसको पनि विवरण आएको छैन ।
बुटवल लगायतका क्षेत्र अहिले अन्धकार भएका छन् । गर्मीका कारण जनजिवीका निकै कस्टकर बनेको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस्