काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला १ हजार ७०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्