Skip to content

स्ट्रेट अफ होर्मुज बन्द हुने सम्भावना, इन्धन महँगिने खतरा

nabil bank
एजेन्सी । इरानको तेहरानस्थित संसदले हालै अमेरिकाको हवाई आक्रमणको जवाफस्वरूप स्ट्रेट अफ होर्मुज बन्द गर्ने प्रस्ताव पारित गरेको छ । यदि यो रणनीतिक समुद्री मार्ग बन्द भयो भने, भारतमा पेट्रोल र डिजेलको मूल्यमा तीव्र वृद्धि हुने सम्भावना छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्न सक्छ, किनभने नेपाल भारतबाटै इन्धन आयात गर्छ ।
यो समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा क्रूड तेलको मूल्य बृद्धि भई प्रतिब्यारेल ८० डलर पुगेको छ । भारत आफ्नो कुल इन्धन आवश्यकताको ठूलो हिस्सा आयातबाट पूर्ति गर्छ । यदि क्रूडको मूल्य लामो समयसम्म बढिरह्यो भने भारतीय इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य बढाउने निश्चितजस्तै देखिन्छ ।
स्ट्रेट अफ होर्मुज फारसको खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने एक साँघुरो क्षेत्र हो । यसको चौडाइ जम्मा ३३ किलोमिटर मात्र छ, तर संसारको झण्डै २०–२५ प्रतिशत कच्चा तेल र २५ प्रतिशत प्राकृतिक ग्यास यही बाटो भएर जान्छ । साउदी अरेबिया, इराक, कुवेत, कतारजस्ता तेल उत्पादक देशहरूबाट यही मार्ग हुँदै विश्वभर ट्याङ्कर जान्छन् ।
भारतको लागि यो मार्ग अझै विशेष छ, किनभने भारतको ४० प्रतिशतभन्दा बढी तेल यही मार्ग भएर आउँछ । यदि यो बन्द भयो भने तेल आपूर्तिमा ठूलो अवरोध आउनेछ ।
२३ जुनमा अमेरिकाले इरानका तीन प्रमुख आणविक केन्द्रहरू नातांज, फोर्डो र इस्फहानमा हवाई आक्रमण ग¥यो । त्यसको प्रतिकारमा इरानको संसदले यो प्रस्ताव पास गरेको हो । यद्यपि यो निर्णय कार्यान्वयन गर्न इरानका सर्वोच्च नेता अयातुल्ला खामेनेई र नेशनल सेक्युरिटी काउन्सिलको स्वीकृति आवश्यक हुन्छ । इरानले चेतावनी दिएको छ कि यदि उसलाई थप दबाब दिइयो भने उसले यो मार्ग बन्द गरेर विश्वव्यापी तेल आपूर्तिमा अवरोध पु¥याउनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime