Skip to content

आइएमई समूह उत्पादनमूलक उद्योगमाः यसरी हुँदैछ फाइबर सिमेन्ट बोर्ड उत्पादन (भिडियोसहित)

nabil bank

काठमाडौं । आइएमई समूहले रौतहट जिल्लामा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग स्थापना गरेर उत्पादन गरिरहेको छ । यो उद्योग रौतहट जिल्ला फतुवा विजयपुर नगरपालिका–६ मा रहेको छ । यसको उत्पादन आज सार्वजनिक हुँदैछ ।

आइएमई समूहको यो पहिलो फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु गरेको छ । बैंक वित्त, फिनटेक, पर्यटन, हाइड्रो, अटोमोबाइललगायत सेवा क्षेत्रमा जमिरहेको आईएमई समूह उद्योग क्षेत्रमा प्रवेश गरेको छ । डेढ अर्ब लगानी रहने सिमेन्ट फाइबर बोर्डको उत्पादन क्षमता दैनिक ७० हजारदेखि एक लाख वर्गफिट रहेको  छ ।

स्वदेशी कच्चा पदार्थको उपयोग गर्दै आयात प्रतिस्थापनको मुख्य उद्देश्य रहेको बताइएको छ । स्वदेशमै गुणस्तरीय फाइबर बोर्ड उत्पादन गर्ने उद्देश्यसहित देशमै पहिलो अत्याधुनिक उद्योग सञ्चालनमा ल्याउन लागेको बताइएको छ । सिमेन्ट फाइबर बोर्ड उद्योग चार बिघा क्षेत्रफलमा फैलिएको छ ।

तीन बिघामा उद्योग र एक बिघामा कच्चा पदार्थ रहने बताए । अहिले ७० हजार वर्गफिट बोर्ड उत्पादन क्षमता रहे पनि बजार मागअनुसार क्षमता बढाउने बताइएको छ । अहिले उद्योगमा चिनियाँ लेटेस्ट प्रविधिको उद्योग जडान र ड्राई परीक्षणको काम चलिरहेको छ । उद्योगको उत्पादनमा करिब ५० प्रतिशत सिमेन्ट र अरू ५० प्रतिशत फाइबरलगायत अन्य कच्चा पदार्थ प्रयोग हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime