काठमाडौं । फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जी सेभेनलाई सार्वजनिक गरिएको छ । नेपालमा डेब्यु गर्नुअघि यो गाडी १५ हजार किलोमिटर परीक्षण यात्रा गरिएको छ ।
पछिल्ला पाँच, छ वर्षमा नेपालमा १ हजार ५०० भन्दा बढी फोटोन सवारी साधन बिक्री भइसकेका छन् । जसमा ५०० भन्दा बढी पिकअप रहेको जनाइएको छ ।
कार्यक्रममा टुनल्यान्ड जी सेभेन पहिल्यै बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको छ । चीनमा अटोनोमस व्यवसायिक सवारी साधन सार्वजनिक गर्ने पहिलो ब्रान्डको रूपमा फोटोन रहेको छ ।
१६० एचपी पावर र ३९० एनएम टर्क रहेको छ । २२५ मिमीको ग्राउन्ड क्लियरेन्स रहेको गाडी उकालो तथा हिमाली बाटाहरूलाई सहजै यात्रा गर्ने सकिने जनाएको छ ।
यसको भित्री भागमा १२.३ इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ । नेभिगेसन र मनोरञ्जनको आवश्यकता पूरा गर्छ । यो गाडी सुरुवाती मूल्य एलिटका लागि ५१ लाख ९९ हजार र लक्जरीका लागि ६५ लाख ४० हजार फ्ल्यागशिप मोडेलका लागि ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्