काठमाडौं । बुधबार पतञ्जलि जग्गा प्रकरणमा दायर भएको मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ । नेपाल आज आफैं अदालतमा बयान दिन पुगेका हुन् ।
अदालतको इजलास नम्बर २ मा तीन न्यायाधीशले नेपालको बयान लिने सुरू गरेका छन् । तीन न्यायाधीशमा तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइराला छन् ।
नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलिलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपालका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।






प्रतिक्रिया दिनुहोस्