Skip to content

उदयपुरका ८ पालिकामा ६ अर्ब ६२ करोड बजेट, कुन पालिकाको कति ? 

nabil bank
काठमाडौं । उदयपुर जिल्लाको आठ पालिकामध्ये चार नगरपालिका र चार गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि ६ अर्ब ६२ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका छन् ।
सोमबार जिल्लाका आठ वटा नै पालिकाले आव २०८२–८३ का लागि छ अर्ब ६१ करोड ८४ लाख ६४ हजार ४०० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका हुन् । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै बजेट जिल्लाको त्रियुगा नगरपालिकाले ल्याएको छ भने थोरै बजेट ताप्ली गाउँपालिकाले ल्याएको छ । त्रियुगा नगरपालिकाले एक अर्ब ५३ करोड ३४ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
कटारी नगरपालिकाले ८७ करोड ६५ लाख तीन हजार ४०० रुपैयाँ बराबरको बजेट ल्याएको छ भने बेलका नगरपालिकाले रु ७७ करोड २६ लाख ४१ हजार बराबरको बजेट ल्याएको छ । यसैगरी, चौदण्डीगढी नगरपालिकाले एक अर्ब १३ करोड ३५ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । चार गाउँपालिकामा उदयपुरगढी गाउँपालिकाले ६८ करोड ४० लाख पाँच हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
यसैगरी, रौतामाई गाउँपालिकाले ६६ करोड ९९ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् । लिम्चुङबुङ गाउँपालिकाले ४३ करोड १० लाख आठ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। ताप्ली गाउँपालिकाले ४१ करोड ७३ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime