Skip to content

कोहलपुर–सुर्खेत प्रसारणलाइनको अवरोध तत्काल हटाउन कार्यकारी निर्देशक शाक्यको निर्देशन

nabil bank

काठमाडौं । बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म निर्माणाधीन १३२ केभी प्रसारणलाइनको काम तत्काल थाल्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निर्देशन दिएका छन् । ठाउँठाउँको अवरोध हटाएर काम चाँडो सकाउन उनले निर्देशन दिएका हुन् ।

कर्णालीमा देखिएको विद्युतको समस्या उक्त लाइनबाट समाधान हुने अपेक्षा छ । अरू साना जलविद्युत् आयोजना निर्माणको बाटो पनि खुला हुनेछ ।

लाइन निर्माणका क्रममा बाँकेको बानीयाभार क्षेत्रमा तीन पोल निर्माण र कन्डक्टर तान्न स्थानीयबाट अवरोध छ । उक्त स्थानमा के कसरी कार्य गर्ने भन्ने बारेमा बाँकेका प्रमुख जिल्ला अधिकरीसहित छलफल गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime