Skip to content

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर बिकेन, आवेदन दिने समय थप

nabil bank

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा माग अनुसार आवेदन परेको छैन । कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा सेयरधनीले माग अनुसार आवेदन दिएका छैनन् ।

कम्पनीले जेठ २३ गतेबाट १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । पहिलो चरणमा असार १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । उक्त अवधिमा माग अनुसार आवेदन नपरेका कारण आवेदन दिन समय थपेको कम्पनीले जनाएको छ ।

अब हकप्रद सेयर असार २७ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हाल कम्पनीले चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयरमा प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ६९ हजार ७७५ कित्तामा आवेदन दिन पाइनेछ ।

हकप्रद सेयरमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिनु पर्ने छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ जेठ २ गते बुक क्लोज गरेको छ । जेठ १ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । हकप्रद सेयरपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime