Skip to content

प्रभु हेलिकप्टरको व्यापार घट्यो, ६४ करोड ऋणको रेटिङ

nabil bank

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको प्रभु हेलिकप्टर प्रालिको ब्यापार अघिल्लो वर्षको तुलनमा भन्दा घटेको छ । सन् २०२३ मा ४१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको यस कम्पनीको ब्यापार सन् २०२४, मा घटेर २६ करोड रुपैयाँमा झरेको हो । कम्पनीले सन् २०२२ मा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यसैगरी, प्रभु ग्रुपद्वारा सञ्चालित यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६१ करोड ९९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएको छ ।

केयर रेटिङ नेपालले यस कम्पनीको ऋणलाई ‘केयर–एनपी’ ‘सिंगल–बी’ रेटिङ दिएको छ । यसले क्रेडिट रेटिङले सम्बन्धित संस्था वा उपकरणले वर्तमान अवस्थामा ऋण तिर्न सक्ने क्षमता त छ, तर त्यसमा उच्च जोखिम रहेको छ भन्ने जनाउँछ । सन् २०१५ मा स्थापना भएको कम्पनीले  हेलिकप्टरको सुविधा दिँदै आएको छ । कम्पनीले हिमालको अवलोकन गर्ने, साइट हेर्न तथा अन्य सुविधा दिँदै आएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime