Skip to content

बरुण हाइड्रोपावरले असार अन्तिममा हकप्रद सेयर निष्काशन गर्ने

nabil bank

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले असार ३१ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद सेयर निष्काशन गर्न भन्दै कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको छ । जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । हकप्रदमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्गका साथै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खांदबारी र धरान शाखाबाट दिन सकिने छ । यस्तै धितोपत्र बोर्डबाट सी आश्वा इजाजत प्राप्त बैंकक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद निष्काशनपछि १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime