Skip to content

बाल्यकालका साथीको रोमाञ्चक प्रेम देखाउने नाटक ‘सिकरुम’ प्रदर्शन (तस्बिरहरु)

nabil bank

काठमाडौं । टेकुमा रहेको कौसी थिएटरमा अहिले नाटक ‘सिकरुम’ प्रदर्शन भइरहेको छ । प्रेम कथामा आधारित यो नाटकमा बाल्यकालका साथीहरूको जोडीको प्रेमलाई रोमाञ्चित तरिकाले प्रस्तुत गरिएको छ । यो नाटक अमेरिकी नाटककार राजीव जोसेफको नाटक ‘ग्रुसम प्लेग्राउन्ड इन्ज्युरीज’को नेपाली रूपान्तरण हो ।

असार ६ देखि मञ्चन सुरु भएको नाटक असार २८ सम्म चल्नेछ । आकांक्षा कार्कीद्वारा रूपान्तरित र निर्देशित ‘सिकरुम’ मा निर्देशक आफैं, नूर खनाल, अभिषेक खड्का, सुदाम सीके लगायत कलाकारको अभिनय रहेको छ ।

 

कथा घेराको सातौं वार्षिकोत्सवको अवसरमा मञ्चन गरिएको यो नाटक असार २८ (जुलाई १२) सम्म मंगलबार बाहेक हरेक साँझ ५ः१५ बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १ः०० बजे अतिरिक्त शो हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime