Skip to content

सुशील केडिया सेवा फाउन्डेसनद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

nabil bank

काठमाडौं । सुशील केडिया सेवा फाउन्डेसनले विपद् जोखिम न्यूनीकरण गर्न उपत्यका प्रहरी कार्यलयलाई उद्धार सामग्रीहरु हस्तान्तरण गरेको छ, जसमा रबर बोट, लाइफ ज्याकेट, बुटलगायत अत्यावश्यक सामग्रीहरु छन् ।

रत्नपार्कस्थित उपत्यका प्रहरी कार्यलयमा प्रहरी प्रमुख टेकबहादुर तामाङको स्वामित्वमा सुशील केडिया सेवा फाउण्डेसनका अध्यक्ष सुमित केडियाले सो सामाग्री वितरण गरेका हुन् ।

विपद्को कुनै निश्चित समय नरहेकाले यसको उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्र मात्रै नभई सबै पक्षहरुको सहकार्य र जागरुकता आवश्यक रहेको उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख टेक बहादुर तामाङले जानकारी दिए ।

सोही कार्यक्रममा भौगोलिक हिसाबले काठमाडाँं बाढीपहिरोको जोखिम क्षेत्र रहेको अनि यसका निमित्त सुशील केडिया सेवा फाउन्डेसनले उपत्यका प्रहरी कार्यालयको सहकार्यमा आम नागरीकहरुको जीवन सुरक्षाका लागि सामग्री वितरण गरेको भनि फाउण्डेसनका अध्यक्ष सुमित केडियाले जानकारी दिई आगामी दिनहरुमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

 

नागरिकहरुको जिउधनको सुरक्षा गर्ने र स्वयम् नागरिकहरुलाई सचेत गराउने उद्देश्यसहित उपत्यका प्रहरी कार्यलयले सो कार्यक्रम सञ्चालन गरेको हो ।
विपत व्यवस्थापनका लागि स्वयमसेवकहरुसँगको सहकार्यमा तालिम दिने र उद्धार सामग्रीका लागि विभिन्न संघसंस्थाहरुसँग समेत समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यलयका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime