काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट गोकर्ण अवस्थीलाई फिर्ता बोलाइएको छ ।
बोर्डको सञ्चालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को प्रतिनिधि रहने व्यवस्था थियो । उक्त व्यवस्था अनुसार महासंघले धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा अवस्थीलाई सिफारिस गरेको थियो ।
लामो समयदेखि अवस्थी बोर्डमा नजान खोजिरहेका थिए । उनले महासंघका अध्यक्ष, पदाधिकारी हुँदै सन्चालकहरुसँग पनि आफू बोर्डबाट बाहिरिन चाहेको बताउँदै आएका थिए ।
यता धितोपत्रसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा बोर्ड सञ्चालक समितिमा महासंघको प्रतिनिधि नराख्ने व्यवस्था प्रस्ताव गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्