काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दार सम्मलाई ‘आधारभूत तह’ भन्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरूबारे छलफलका क्रममा गृहमन्त्री लेखक कार्यालय सहयोगीदेखि हवल्दारसम्म आधारभूत तह भनेर नयाँ शब्द प्रारम्भ गर्नुपर्ने बताए ।
‘प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै हवल्दारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु’ गृहमन्त्री लेखकले भने, ‘प्रहरीको ती कर्मचारीहरुलाई आधारभूत तह भन्नुपर्छ भनेको छु । प्रहरीको ठुलो संख्या जवान, हवल्दार लगायत हुनुहुन्छ । सबैभन्दा ज्याँदा सडकमा १२ देखि १६ घण्टा डियुटी गर्ने तह त्यो भएको हुनाले ‘प्यारामिट’ नै त्यही जगमा उभिएको हुँनाले कानूनमा लेख्दा पनि त्यसलाई आधारभूत तह लेखौं । बोलीचालीमा पनि आधारभूत तह भनेर प्रयोग गरौं ।’
मन्त्री लेखकले उक्त तहका प्रहरी कर्मचारीहरुको सुविधालाई विशेष केन्द्रमा राखेर प्रहरी ऐन आइरहेको बताए । ‘नेपाल प्रहरी सम्वन्धी कानूनलाई परिमार्जन गरेर राम्रो भन्दा राम्रो कानून बनाउने हामी सबैको एकै उद्देश्य हो’ मन्त्री लेखकले भने ‘नेपाल प्रहरीको सर्विस ल नै यही हो ।’
सरकार प्रहरी ऐनलाई खुला रुपमा संवाद गरेर यो कानूनलाई सबैभन्दा राम्रो बनाउने गरेर निश्कर्षका पुर्याउन तयार रहेको उनको भनाई छ ।
‘नेपाल प्रहरीले राष्ट्रको सुरक्षादेखि आफ्नो दायित्व कसरी पुरा गर्छ र नेपाल प्रहरीमा प्रवेश गर्दादेखि निवृत्त हुँदासम्म सम्पूर्ण वृद्धिविकास लगायतको विषय राम्रो बनाउने हामी सबैको साझा उद्देश्य हो’ उनले भने ‘नेपाल प्रहरीको कानून यो देशको सबैभन्दा पुरानो मध्येको कानून हो । अहिलेसम्म समयसापेक्ष परिमार्जनज गरेर नयाँ ल्याइएको छैन् । यही अधिवेशनमा प्रस्तुत गर्ने गरेर प्राथमिकता दिएर अगाडी बढाइदिन हुन अनुरोध गर्न चाहन्छु ।’






प्रतिक्रिया दिनुहोस्