Skip to content

जीवन बीमा कम्पनीको व्यवसाय साढे १ खर्ब रुपैयाँमाथि, कस्काे कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आउँदा जीवन बीमा कम्पनीहरुले साढे १ खर्बमाथिको कुल बीमा व्यवसाय गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा धेरै कुल बीमा व्यवसाय नेपाल लाइफ इस्याेरेन्स कम्पनीको रहेको छ । यस कम्पनीले जेठ मसान्तसम्म ४१ अर्ब २ करोड ४४ हजार रुपैयाँ बराबरको कुल बीमा व्यवसाय गरेको छ ।

यसैगरी, चालु आवको ११ महिनामा नेशनल लाइफले १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ, एलआइसी नेपाल कम्पनीले १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ हिमालयन लाइफ इन्स्याेरेन्स कम्पनीले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

चालु आवको ११ महिनासम्ममा सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड रुपैयाँ, सरकारी राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब, एसियन लाइफले ७ अर्ब ८६ करोड रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब ३२ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड रुपैयाँ, मेट लाइफले ५ अर्ब ५४ करोड ५रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यसैगरी, यस अवधिसम्म आउँदा आइएमई लाइफले ४ अर्ब ७२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ , प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime