Skip to content

धितोपत्र बोर्डले दुईवटा ब्रोकरलाई तिरायो नगद जरिवाना

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा ब्रोकर कम्पनीलाई नगद जरिवानासहित कारबाही गरेको छ । धितोपत्र बोर्डले एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटिजलाई नगदसहित कारबाही गरेको जनाएको छ ।

दुईवटा ब्रोकरलाई एकै प्रकृतिको कसुरमा सेबोनले कारबाही गरेको जनाएको छ ।सेबोनले एप्पल सेक्युरिटिज प्रालिलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको जनाएको छ ।

यस्तै सेबोनले बेनी सेक्युरिटिजलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेकोले भन्दै कारबाही गरेको हो । सेबोनले बेनी सेक्युरिटिजलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम ५ हजार आर्थिक जरिवाना गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime