काठमाडौं । स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा बिन्दु हटाउने भएको छ । बोर्डले साउन १ गतेबाट लागु हुने भएको छ ।
यसअघि सरकारी स्वास्थ्य संस्थाहरूमा मात्रै रहेन प्रथम सेवा विन्दु अब हट्ने भएको छ ।
स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड (छ) ले गरेको व्यवस्था अनुसार प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेको थियो ।
अहिलेसम्म कुनै अस्पतालमा उपचार गर्न जानु पर्दा जहाँ सेवा केन्द्र छ त्यहाँ सिफारिस लिन जानु पर्ने व्यवस्था छ । अब भने सिफारिस लिन जानु पर्दैन ।






प्रतिक्रिया दिनुहोस्