Skip to content

एक वर्षमा सिजि फुड्सको व्यापार ८४ करोड रुपैयाँले घट्यो

nabil bank

काठमाडौं । चौधरी समूह अन्तर्गतको सिजि फुड्सको व्यापार गत वर्षको भन्दा खस्किएको छ । नेपालमा वाईवाई ब्रान्डको चाउचाउ बेच्ने सीजी फुड्सको व्यापार सन् २०२३ को तुलनमा सन् २०२४ मा ८४ करोड रुपैयाँले घटेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२४ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब ५१ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

सिजि फुड्स नेपालको मात्रै व्यापार पनि चालु आवको ९ महिनासम्ममा घटेको छ । सन् २०२४ मा ८ अर्ब १० करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापार चालु आवको ९ महिनासम्म आउँदा २ अर्ब ३९ करोड १० लाख रुपैयाँले घटेर ५ अर्ब ७ करोड ११ लाख रुपैयाँ झरको छ ।

यता कम्पनीले अल्पकालीन कर्जाका लागि ९९ करोड ५५ लाख रुपैयाँको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको ऋणलाई ‘इक्रा ए-वान’ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको ऋण वा दायित्व समयमै तिर्ने संम्भावना उच्च  भएको ऋणको रुपमा विष्लेशण गरेको छ ।

सीजी फुड्स चौधरी ग्रुपअन्तर्गतको सबैभन्दा पुरानो उद्योग हो । कम्पनीका भिन्न भिन्न तीनवटा स्वामित्व भएका सहायक कम्पनीहरु छन् । कम्पनीले विशेषगरी एफएमसीजी अर्थात् छिटो बिक्री हुने वस्तु जस्तै चाउचाऊ, पेया पदार्थ र स्न्याक्स उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । सन् १९८४ बाट व्यवसायीक कारोबार सुरु गरेको कम्पनीले थाई प्रिजर्म फुड फ्याक्ट्रीसँग सम्झौता गरी नेपाली बजारमा व्यापार गर्दै आएको छ ।

कम्पनीले रियो, क्विक लगायतका वस्तु उत्पादन गरी व्यापार गरिरहेको छ । यस कम्पनीमा निर्वाण चौधरीको ७६ प्रतिशत, एमएस अपोलो इन्भेष्टमेन्टको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत, राहुल चौधरीको ०.२ प्रतिशत र बाँकी सेयर अन्य तीन जनाको रहेको छ । कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime