काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ९.१९ अंक बढेर २६३१.४८ विन्दुमा पुगेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक बढेको छ।
आज सेयर बजार बढेको भए तापनि सेयर कारोबार रकम भने अघिल्लो दिनको तुलनमा घटेको छ । आइतबार ७ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ४१ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ । बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत बढेको छ। यसैगरी, लघुवित्त उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। आज वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
आज राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयरमूल्य ३२ रुपैयाँ ४८ पैसा बढेर ३५८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यसैगरी, आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ४.९२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज साहस उर्जा उच्च स्थानमा रहेको छ। यस कम्पनीको ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, आज सानिमा माइ हाइड्रोपावरको करिब साढे ३१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम साढे ३० करोड नाघेको छ।






प्रतिक्रिया दिनुहोस्