काठमाडौं । वायुसेवा कम्पनी बुद्ध एयरले चालु आर्थिक वर्षको साढे ६ महिनामा ७ अर्ब ४१ करोड करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ को जुलाईको अन्त्य अर्थात असार मसान्तदेखि जनवरी अन्तिमसम्म उक्त व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ को एक वर्षमा १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, कम्पनीले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँको रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीको छोटो अवधिको कर्जालाई दायित्वहरू समयमै तिर्ने मध्यमभन्दा माथिको क्षमता राख्ने जनाएको छ । कम्पनीले इक्रा एनपी एटु प्लस रेटिङ पाएको छ ।
कम्पनीको अध्यक्षमा वीरेन्द्रबहादुर बस्नेत रहेका छन् । कम्पनीले केही समय अगाडी नयाँ एयरक्राफ्ट जहाज थप गरी उडान गरिहरेको छ । कम्पनीले सन् १९९६ मा आन्तरिक हवाई उडानको सेवा सुरु गरेको थियो । कम्पनीले आन्तरिकसँगै भारतको कोलकत्तामा पनि उडान सेवा दिँदै आएको छ । कम्पनीले हाल दुई वटा एटीआर ४२ र सिक्सिटन एटीआर ४२ एयरक्राफ्ट सहित १८ वटा जहाजबाट सेवा दिँदै आएको छ ।






प्रतिक्रिया दिनुहोस्