Skip to content

विकास हाइड्रोपावरको आईपीओ निष्कासन, १० हजार कित्तासम्म आवेदन दिन सकिने

nabil bank

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय, ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको छ ।

कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कम्पनीका कर्मचारी, १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोष र बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

आईपीओ असार २२ गते सम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा असार ३२ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन मिल्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime