Skip to content

बबरमहल र मीनभवनमा साढे ६ करोड खर्चेर आकाशे पुल निर्माण सुरु (फोटोफिचर)

nabil bank

काठमाडौं । पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि काठमाडौं उपत्यका भित्र थप २ वटा आकाशे पुल बनाउन लागिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ ।

मन्त्रालयले रणनीतिक सडक पुल निर्माण अन्तर्गत बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
यस्तै मीनभवनमा आकाशे पुल निर्माणका लागि ४ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

आकाशे पुल नहुँदा दुवै ठाउँमा पैदल यात्रु जोखिम मोलेर सडक वारपार गर्न बाध्य रहेका छन् । पुल बनेसँगै यात्रुलाई सहज हुने भएको छ ।

तस्बिरः सफल प्रकाश श्रेष्ठ-नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime