Skip to content

सेयर बजारमा दोहोरो अंकको सुधार, बढ्यो कारोबार रकम

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढ्न थालेको छ । बजार मापन गर्ने सूचक ३४.४२ अंकले बढेर परिसूचक २६९४.८२ बिन्दु कायम भएको छ ।

३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको घटेको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा ग्रिन डेभलपमेन्ट बैंक, कालिन्चोक हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, गुँरास लघुवित्तका सेयरधनीले कमाएका छन् भने वन नेपाल लघुवित्त, युनिभर्सल पावर, अभियान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime