Skip to content

कहिलेसम्म कायम रहेका सेयरधनीले युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पाउँछन् ?

nabil bank

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असार १९ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले असार ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, क्याटरिङ एन्ड इभेन्ट प्रालि, भाटभटेनी काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।

सभामा लाभांशका साथै कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime