Skip to content

लक्ष्मी स्टिलको काराेबार ९ महिनामा ६ अर्ब ८१ करोड, कुन वर्ष कति गर्यो ?

nabil bank

काठमाडौं । सौरभ ग्रुपद्वारा सञ्चालित लक्ष्मी स्टिल कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ६ अर्ब ८१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२४ मा ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । यसैगरी, सन् २०२३ मा ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ८ अर्ब ५४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ७७ करोड रुपैयाँको रेटिङ गराएको छ । उक्त कर्जालाई रेटिङ एनेन्सी इन्फोमेरिक्स नेपालले आइआरएन ए–३ प्लस रेटिङ दिएको छ ।

यस कम्पनीले गरेको व्यापारमध्ये ९२ प्रतिशत हिस्सा डण्डीबाट गरेको छ । यस कम्पनीले वार्षिक १ लाख ५० हजार मेट्रिक टन डण्डी र १ लाख ८० हजार मेट्रिक टन विलेट उत्पादन क्षमता कम्पनीसँग छ ।

यो कम्पनी सन् २००८ मा स्थापना भएको थियो। सन् २०२२ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको कम्पनीले विलेट, डण्डी र तार उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीको अध्यक्ष टिकाराम न्यौपाने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime