काठमाडौँ । टीएमवानले नेपालभर १०० भन्दा बढी युनिट गाडी सञ्चालनमा ल्याएको छ ।
टीएमवान नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ ।
चाहे ताजा तरकारी बजारमा पुर्याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टीएमवानको माग बढदो क्रममा रहेको कम्पनीको दाबी छ ।
व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनोट गर्न सहज बनाउने गरी टीएमवान दुई फरक साइजका लोडिङ डेक ९८ फिट र १० फिट० मा उपलब्ध छ । सीएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी एनइडीसी रेन्ज प्रदान गर्छ ।
जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ। एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण टीएमवानले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ।






प्रतिक्रिया दिनुहोस्