एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानलाई अमेरिकाबाट चामल नकिनेको आरोप लगाउँदै उसबाट आयात हुने वस्तुहरूमा उच्च भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उनीहरूले हाम्रो चामल लिँदैनन्, तर उनीहरूलाई चामलको अभाव छ । त्यसैले हामी तिनीहरूलाई चिठी पठाउनेछौं । हामी जापानलाई लामो समयदेखि व्यापारिक साझेदारको रूपमा मन पराउँछौं ।”
यद्यपि ट्रम्पको दाबी कि जापानले अमेरिकी चामल लिँदैन भन्ने सत्य होइन । अमेरिकी जनगणना ब्यूरोको व्यापार तथ्याङ्क अनुसार, जापानले गत वर्ष मात्र अमेरिकाबाट २९८ मिलियन डलर बराबरको चामल खरिद गरेको थियो । यस वर्ष जनवरीदेखि अप्रिलसम्ममा पनि जापानले ११४ मिलियन डलरको चामल किनिसकेको छ ।
तर आगामी दिनमा जापानले अमेरिकी चामल खरिद नगर्ने भन्ने कुनै आधिकारिक संकेत भने हालसम्म सार्वजनिक भएको छैन । जापानी सरकारका प्रमुख क्याबिनेट सचिव योशिमासा हायाशीले मंगलबार भने, “हामी अमेरिकासंगको वार्ताको विस्तृत विवरण सार्वजनिक गर्न सक्दैनौं, तर, जापानले दुवै देशको हित हुने गरी इमानदार र स्पष्ट वार्ता जारी राख्नेछ ।”
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सन् २०२१ मा प्रकाशित गरेको प्रतिवेदनमा जापानको चामल आयात प्रणाली अत्यधिक नियन्त्रित र अपारदर्शी रहेको र यसले अमेरिकी निर्यातकर्ताहरूलाई जापानी उपभोक्तासम्म पुग्न अवरोध पु¥याएको उल्लेख थियो । ट्रम्पको निकट स्रोतका अनुसार उनले यही विषयलाई संकेत गर्दै उक्त पोस्ट गरेका हुन् ।
ट्रम्पले हालै केही मुलुकहरूलाई आयात भन्सारसम्बन्धी चेतावनीसहित चिठी पठाउने योजना बनाएका छन ्। फक्स न्युजमा दिएको अन्तर्वार्तामा उनले भने, “प्रिय जापान, अब कुरा यस्तो छः तपाईंको कारमा अब २५% भन्सार लाग्नेछ ।”






प्रतिक्रिया दिनुहोस्