Skip to content

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ४२ प्रतिशत मात्रै

nabil bank

वीरगञ्ज । चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष वर्षको असार १८ गतेसम्मको अवधिमा यहाँका सरकारी कार्यालयले पुँजीगत बजेटको ४१ दशमलव ७४ प्रतिशत अर्थात् १ अर्ब १५ करोड १३ लाख ९३ हजार ७ सय ९८ रकम मात्रै खर्च गरेका छन् ।

चालु आवमा यहाँका सरकारी कार्यालयको लागि पुँजीगत खर्चतर्फ २ अर्ब ७५ करोड ८३ लाख ८२ हजार सात सय ५० रूपैयाँ रकम विनियोजन गरिएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको बताउनुभयो । कार्यालयले यहाँका सरकारी कार्यालयले असार २५ गतेसम्म मात्रै खर्च गर्न पाउने जनाएको छ ।

पर्साका सरकारी कार्यालयले पुँजीगत खर्च अपेक्षाकृत गर्न गर्न नसकेपनि चालु खर्च भने उत्साहजनक ढङ्गले खर्च गरेको तथ्याङ्कले देखाउँछ । पर्साका सरकारी कार्यालयका लागि चालु आवमा ११ अर्ब पाँच करोड ६४ लाख ५३ हजार ५२ रकम विनियोजन गरिएको थियो । चालु आवको असार १८ गतेसम्म कूल विनियोजित चालु खर्चको ८८ दशमलव ४३ प्रतिशत अर्थात् नौ अर्ब ७७ करोड ७९ लाख ७३ हजार पाँच सय पाँच रूपैयाँ रकम खर्च भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime