Skip to content

गाउँपालिकाद्वारा भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

nabil bank

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि रु छ लाख लागतमा ३ वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो ।

क्याम्पसको शिक्षण सिकाइलाई प्रविधिमैत्रीसँगै सहज बनाउन स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा टेवा पुर्याउन २७ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष राईले जानकारी दिए।

रामप्रसादराई गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीको पठनपाठन शुल्कसमेत गाउँपालिकाले उपलब्ध गराएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime