काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ९.४१ अंकले बढेर २७०४ अंकमा पुगेको छ । यस वैशाख ७ गते सेयर बजार २७०६ बिन्दुमा पुगेको थियो । वैशाख ७ गते पछि सेयर बजार २६ बिन्दुको हाराहारीमा रहेको थियो ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ । बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.०९ प्रतिशत बढेको छ। आज जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत घटेको हो।
यसैगरी, बिहीबार ९ अर्ब ६४ करोड ५५ लाख ५० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस फाइनान्सको सेयरमूल्य यस दिन ६३ रुपैयाँ २ पैसा बढेर ६९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। आज खानीखोला हाइड्रोपावर कम्पनी र समृद्धि फाइनान्सको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ६८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। आज साहस उर्जाको २७ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।






प्रतिक्रिया दिनुहोस्